इटहरीः आजदेखि इटहरीमा संयुक्त खस क्षेत्री एकता समाजको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
महाधिवेशन हुरु हुनुअघि समाजले इटहरीमा र्याली निकालेको छ । देशभरका खस क्षेत्री प्रतिनिधि सहभागी भएको र्यालीमा जातीय सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा नारा लागेको थियो ।
र्यालीमा जातीय झाँकी र वेशभूषा प्रदर्शन गरिएको थियो ।