इटहरीः सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर १ मा हालै स्तरवृद्धी भएको साई हस्पिटलले पहिलो सफल शल्यक्रिया गरेको छ ।

मंगलबार बाटै शल्यक्रिया थालेको हस्पिटलले  इनरुवा नगरपालिका–६ मधेसाका ५२ बर्षीय मेघ बहादुर कार्कीको दाहिने हातको कुममा रहेको स्टिल शल्यक्रिया गरेर निकालेको हो । कार्कीको कुममा २ वर्ष अघि  स्टिल हालिएको थियो । 

हस्पिटलका  हार्डजोर्नी विषेशज्ञ डा.रोविन श्रेष्ठ, डा. धिरज सिंह र डा.राजन राईले कार्कीको संयुक्त टोलीले उक्त शल्यक्रिया गरेका थिए अपरेसन थ्रेयटरमा हस्पिटलका  प्रदिप चौलागाई, रोहिणी भट्टराई र रिमा चौधरीले सहयोगी भुमिका खेलेका हस्पिटल प्रशासनले बताएको छ । 

Admission Open NNew

गत चैत्र २४ गते उद्घाटन गरेर सेवा प्रदान गर्दै आएको साई हस्पिटलले धरान विराटनगर तथा अन्यन्त्र जानुपर्ने विरामीको समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयालले बताए  ।

अहिले हस्पिटलले समुदायका हेल्थ कार्ड बितरण सुरु गरेको र जुन कार्ड प्राप्त गरेका विरामीहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्ने अस्पतालका सुचना अधिकारी डिल्लीराम भण्डारी बताउछन ।

341806151_563601952421508_953055380852292017_n