इटहरीः इटहरीमा  खुलेका संस्थागत विद्यालयहरुको सूचीमा निकै  अगाडिको लाईनमा पर्छ,  इटहरी ४ मा संचालित पाथीभरा सेकेण्डरी बोर्डिङ्ग स्कूल । 

२०४८ सालमा स्थापना भएको पाथीभरा शिक्षण सिकाई, विद्यालयमा गरिने अतिरिक्त क्रियाकलाप र सुविधा सम्पन्न कक्षा कोठाको कारण पनि आकर्षणको केन्द्र बनेको हो । त्यसो त   विद्यार्थीलाई टर्चर नगरी सिकाईलाई अपनत्व गर्नका लागि विद्यार्थीलाई सहजिकरण गर्ने विद्यालय पनि हो पाथीभरा । 

पछिल्लो समयमा सिकाईलाई नयाँ तरिकाबाट लग्नका लागि  पाथीभरा सेकेण्डरी बोर्डिङ्ग स्कूलले छुट्टै पहिचानको विकास गरेको यहाँका प्रिन्सिपल गोपाल श्रेष्ठ बताउँछन् । 

328826300_1248059879254928_714937543719330323_n

विद्यार्थीलाई घोकाईको शिक्षा भन्दा व्यवहारका आधारमा प्राक्टिकल्ली सीप सिकाएर सिकाई प्रक्रियालाई नयाँ र्ढँगले अगाडी बढाइएको श्रेष्ठको दावी छ ।

लामो सयमदेखि सकारात्मक सिकाईमा राम्रो पहिचान बनाएको पाथीभरा सेकेण्डरी बोर्डिङ्ग स्कूल नयाँ व्यवस्थापनबाट चलेको लगभग पाँच बर्ष भएको छ । नयाँ व्यवस्थापनबाट चल्नासाथ विद्यालयले नयाँ ढंगले सिकाई प्रणालीलाई विकास गर्न विद्यालयले अन्तराष्ट्रिय शिक्षण पद्धती बुझेका प्रद्यानाध्यापक गोपाल श्रेष्ठलाई विद्यालयमा भित्राएको थियो ।

338412833_1005975160769461_4771275005989623031_n

भारतको नयाँ दिल्लीमा अध्ययन गरेका श्रेष्ठ नर्वे र खाडीको विकसित राष्ट्र दुवईमा अमेरिकन कलेजमा अध्यापन गराएर  इटहरीमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिन आइपुगेका हुन । अन्तराष्ट्रिय स्तरमा शिक्षा क्षेत्रसँग परिचित रहेको व्यक्तित्व इटहरीले पाउनु राम्रो पक्ष हो तर उहाँलाई यहाँ टिकाइरहनु पाथीभराको व्यावस्थापन पक्ष पनि निकै उत्कृष्ट हो भनेर भन्न सकिन्छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको यस पाथीभरा सेकेण्डरी स्कूलले भने नर्सरी देखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई विद्यालयप्रति गइरहन आकर्षण  गर्ने जस्ता कामहरु गर्दै आएको रहेको छ ।

333625255_3502232950021080_2161956355365132186_n

धन दिवस, बाल दिवस, भानुजयन्ती जस्ता अवसरहरु पारेर पाथीभराले विद्यार्थीहरुका विच कहिले कथा प्रतियोगिता, कहिले कविता प्रतियोगिता कहिले मानव अधिकार जस्ता विषय दिएर विद्यार्थीहरुलाई इङ्गगेज गर्ने र उत्कृष्ट गर्नेहरुलाई पुरस्कृत गर्ने गरेको छ । त्यतिमात्र नभएर विद्यार्थीको हस्तलेखनलाई उत्कृष्ट बनाउनको लागि हेण्डराइटिङ्ग विक त कहिले भिडियो बनाउने भ्लग कम्पिटिसन जस्ता कामहरु गरेर विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोडन समेत भ्याएको छ, पाथीभराले । 

विद्यालयले लेभल वाइजरुपमा हरेक शुक्रबार प्रतियोगिताहरु आयोजना गर्ने र हरेक बुधबार पुरस्कारहरु प्रदान गर्ने गरेको छ । 

338017252_1663591970754233_3053642381946606674_n

विद्यालय उत्कृष्ट हुनलाई भिजन भएरमात्रै पनि हुदैन शिक्षकहरु पनि उत्तिकै उत्कृष्ट र शिक्षणप्रति उत्तरदायी हुन जरुरी छ । “हामीले मन्टेश्वरीमा हरेक हप्ता टिचर ट्रेनिङ्ग आयोजना गर्ने गरेका छौँ । हरेक शिक्षकले विद्यालयमै बसेर लेसन प्लान बनाउनुहुन्छ । उहाँहरुको लागि प्लानर बुक व्यावस्था गरिदिएका छौँ । ” प्रद्यानाध्यापक श्रेष्ठ भन्छन् ।

नयाँ व्यावस्थापन आएपछि पाथीभरालाई केही समय विराटनगरको एभरेष्टले ओनरसिप लिएपनि अहिले सो ओनरसिप हटिसकेको छ यस हिसावमा अव पाथीभरा आफैँ आत्मनिर्भर हुन लागेको हो भनेर बुझ्न सकिन्छ  ।

336351566_952038155987113_6136385313078445580_n

बिद्याथीहरुबिच अनुभव आदान प्रदान गर्न समय समयमा विद्यार्थीहरुलाई बिभिन्न नमूना विद्यालयहरुमा  लगेर अनुभव साटासाटको अवसर दिने गरेको विद्यालयका प्रबन्ध निर्देशक निर्मल कुमार रिजालले बताउँछन् ।

337999142_242642131473915_3867900419038758716_n