इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामा रहेको नविन हार्डवेयरमा बुधबार राती चोरी भएको छ । झुम्का बजारको पश्चिम लाइनमा रहेको घरमा पुर्व पट्टि रहेको चेन गेटबाट चोर पसेर त्यहिँबाट निस्किएको हार्डवेय संचालक नविन चौधरीले जानकारी दिएका छन् । 

घरका सम्पुर्ण परिवार सुतेको समयमा चोरी भएको र चोरले हार्डवेयरको गल्लामा भएको पैसाको पोको र पहिलो तलामा लगेर छोडेको पाइएको छ भने चोरले पर्समा भएको नगद करिव ५० हजार लगेको र कोठाको पलङ्गको बक्समा राखिएको करिव ३ लाख रुपैँया लगेको संचालक चौधरी बताउँछन् । चोरले घरको दराज खोल्दै गर्दा थाहा पाएपछि चोर भागेको चौधरी बताउँछन् । 

341806151_563601952421508_953055380852292017_n

घटनाबारे रातीनै झुम्का प्रहरीलाई खवर गरिएको र प्रहरीले घटना स्थल पुगेर घटनाको प्रकृती बुझेको नविनले जानकारी दिए । यसबारे इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझीलाई सम्पर्क गर्दा झुम्का प्रहरीले घटनाको अनुसन्धान गरीरहेको बताए ।