बेलबारी/ असार ७ गते सुरु भई २९ गते सम्मका लाागी स्थगीत नगरशभाको दोस्रो बैठकले दुई वटा बिधेयक पारीत गरेको छ । सहकारी बिधयेक तथा न्यायीक समितिको बिधयेक नगरशभा बाटै पारीत भएको छ ।
बेलबारी नगरपालिकाले आर्थीक बर्ष २०७५÷०७६का लागी दोस्रो नगरसभावाट ८० करोड २ लाख १४ हजार बराबरको बजेट बिनियोजन गरी सकेको थियो । स्थगीत भएको नगरशभाको दोस्रो बैठकले सहकारी सम्बन्धी स्थानिय तहले बनाएको बिधये तथा न्यायीक समितिको बिधयेक बहुमतले पारीत गरेको छ ।
बिधेयक माथि छलफल गर्ने वडा अध्यक्ष तथा सदस्यहरुले नगरपालिकामा बनाईएका बिधेयक कार्यान्वन गर्न जोड दिएका छन । वडा अध्यक्ष उदय बहादुर राई नगेन्द्र खडका चेत बहादुर बस्नेत तथा वडासदस्य खिना थापा रमेश निरौलाले बिधेयक कार्यानयनमा ल्याएर एक वडा एक सहकारीको स्थपना गर्नु पर्नेमा जोड दिए ।
स्थानिय तहमै मेलमिलापका माध्यमबाट काम गर्दे आएको न्यायिक समितिलाई बिधयेक बनेपछि न्यायीक काममा सहज हुने बताईएको छ । सहकारी सम्बनधी बिध्येक पहिलो पटक नगरमै बनेको छ । स्थानिय सरहकार आए पछि सहकारी सचालनका मापदन्ड सहित नगरपालिकाले बिधेयक पारीत गरेको हो ।