इटहरीः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले नगरकार्यपालिकाको बैठकमा सहभागि नभई बहिस्कार गर्ने वडा अध्यक्षलाई राजिनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन । 

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै मेयर साम्पाङ्गले स्थानीय सरकार संचालन ऐन अनुसार नै आफुले वडाहरुमा भइरहेको कामको बारेमा जानकारी माग्दा वडाअध्यक्षहरुले त्यसको विरोध गरेको बताएका छन् । 

कार्यपालिका बैठक बहिस्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि  खेलवाड गरेको आरोप मेयरले वडाअध्यक्षहरुलाई लगाएका छन् । 

वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असमहति राखिरहन पर्ने कुनै कारण नभएको र सूचना पाउने नगरिकको मौलिक हक दिन नमानेको देखिएकोले के कस्ता काम भएका हुन त्यसको जानकारी ‘तुरुन्त सार्वजनिक गर्न निर्देशन दिन्छु ’ मेयरले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

स्थानीय सरकार संचालन ऐन अनुसार नगरप्रमुखको काम कर्तवय र अधिकारमा कार्यपालिकाको कामलाई रेखदेख गर्ने निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, असिस्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टिकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण नभएको मेयर साम्पाङ्गको भनाई छ । 

342114089_617622393552124_1994231503801873266_n

कार्यपालिका बैठक चलिरहँदा अध्यक्षको कुर्सीको आसनलाई सम्मान गर्नु सम्पुर्ण कार्यपालिका सदस्यको जिम्मेवारी भएको विज्ञप्तीमा खुलाइएको छ । 

उनले कार्यपालिका सदस्यहरुलाई सच्चिएर बैठकमा उपस्थित हुन आव्हान गरेका छन् भने कार्यपालिका बैेठक कसैको रहर तथा चाहानाको कुरा नभएको यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउनु चाहान्छु मेयर साम्पाङ्गद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

बैठक बहिस्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरिएको छ ।