इटहरीः सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ । 

संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने  ७० बर्ष या सो भन्दा बढी उमेरका आमा, हजुरआमा तथा सासुआमा हरुलाई संस्थाको कार्यलय बालग्राममा आयोजित एक कार्यक्रमका बिच खादा, अविर र सम्मान पत्र सहित  सम्मान गरिएको हो । 

सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संचालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिती रहेको थियो । 

339058504_187715810328906_7441426310650799895_n

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारी आज यो अवस्थामा आउँदा आफुलाई गर्व लागेको बताए भने संस्थाका सल्लाहाकार कृष्णविनोद लम्सालले समेत शुभकामना व्यक्त गरे । 

किसान कल्याण साकोसका उपाध्यक्ष नरेन्द कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्ति गर्दैै आज सम्मान हुने माताहरुको नाममा संस्थाले जेष्ठनागरिक खाता खोल्दै मासिक १ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता समेत उपलव्ध गराउने बताए । 

संस्थाका उपसचिव महेश रेग्मीले संचालन गरेको कार्यक्रममा पकलीमा रहेको शान्ति वृद्धा आश्रमकी माया ओझा अतिथीको रुपमा उपस्थित भएकी थिइन । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शालिकराम ढकालले आगामी बर्षदेखि शान्ति वृद्धाश्रममा रहेका आमाहरुलाई समेत एउटै मन्चमा ल्याएर सम्मान गर्ने बताए ।

339066251_1388440991944282_6830143449389503727_n