इटहरीः  नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत रामधुनी नगरपालिका वडा नम्बर ८ मा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

साई हस्पिटल प्रालिको प्राविधिक सहयोगमा रामधुनी–८ डुम्राहामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो  । 

एकीकृत शिविर नाम दिइएको उक्त कार्यक्रमका अवसरमा नेकपा एमालेले स्वास्थ्य शिविर, पार्टी सदस्यता वितरण, अनेमसंघ गठन, युवा संघ गठन, जेष्ठ नागरिक संघ गठन गर्नुका साथै सुकुम्बासी सुचिकरण तथा किसानहरुको सुचिकरण समेतको कार्य गरेको थियो । 

नेकपा एमाले रामधुनी ८ को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य रेवती रमण भण्डारी उपस्थित थिए भने ५ सय भन्दा बढी जनसहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका रामधुनी नगर सह–इन्चार्ज डेगराज फुयालले समेत सम्बोधन गरेका थिए । 

341310993_1448497615894539_3592783915455279842_n

हस्पिटलको वार्षिक क्यालेन्डर अनुसार  २०८० सालको पहिलो निःशुल्क शिविर भएको र शिविरमा ११४ जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरि  औषधी पनि निःशुल्क नै बितरण गरिएको साई हस्पिटलको प्रशासनले बताएको छ  । उक्त कार्यक्रममा साई हस्पिटल को प्रविधिक टोलीको नेत्रृत्व डा. सूबोध बस्नेतले गरेका थिए  । उनलाई प्राविधिकमा रिमा कुमारी चौधरी ,अनिता सिङ् , फार्मासिस्ट आकृती चौधरी र ब्यावस्थापनमा रोशन फुयालले साथ दिएको हस्पिटलका  सूचना अधिकारी डिल्लीराम भण्डारीले जानकारी दिए ।