इटहरीः प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले शहिद लाजेहाङ्गका मलामीलाई प्रहरीले गोली प्रहार गरेकोमा खेद प्रकट गरेको छ । 

बैशाख ९ गते नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी शहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’को अन्त्येष्टि संस्कार खातिर शव यात्रा गर्दा अवरोध गरी प्रहरीले घरको छतबाट रवरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । 

अन्तेष्टिका लागि  समय र प्रक्रिया बारेमा प्रहरी प्रशासनसँग समन्वय साथै पूर्व जानकारी गराई शव यात्रा गरिरहेको भएपनि  विराटनगर रोडशेषमा पुग्दा प्रहरीले एक्कासी अवरोध गरेको संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै बताएको छ । 

342541176_606454971541095_6647961562951308855_n

शव यात्रामा सहभागी निहत्था मलामीहरूमाथि प्रहरीले अन्धाधुन्द रबरका गोली र अश्रुग्यास प्रहार गर्दा  किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईको टाउकोमा चोट लागेको  छ   । 

  इटहरीकी दया राईको खुट्टोमा गम्भीर चोट लागेको साथै  किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको ढाडमा घाउ, इटहरीका डेनिज राईको हात फ्रयाक्चर, सन्त (राजकुमार) सेर्माको खुट्टोमा गहिरो घाउचोट, विराटनगरका चन्द्रकुमार राईको खुट्टोमा गम्भीर घाउ, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायत घाइते भएको बताईएको छ । 

सरकार स्वयमले समेत शहिद घोषणा गरेको  लाजेहाङको शव यात्रा जस्तो मृत्यु संस्कारमा प्रहरीले गरेको नृशंस आक्रमण र निहत्था मलामीमाथि घरका छतमाथिबाट रबरका गोली र अश्रुग्यासले आक्रमण गर्नु गम्भीर मानवअधिकार उलङ्घनको कुकृत्य भएको आरोप  ‘प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लगाएको छ ।

342382343_231021676176140_271485253089483861_n