इटहरीः केही साता अघि मात्र इटहरीमा विधिवत रुपमा स्थापना भएको जुझारु युवाहरुको अल्टीट्युड क्लबले सोमबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर इटहरीको टेंङ्ग्राखोलामा सरसफाई गर्दै श्रमदान गरेको छ । 

बिहान साढे ७ बजे सो क्लबमा आवद्ध भएका युवाहरुले मानव जिवनमा वातावरणीय सरसफाई महत्वपूर्ण हुन्छ । त्यसकारण वातावरण सफा राख्न हरेक इटहरी नगरवासी आफै जिम्मेवार भएर लाग्नु पर्ने सन्देश दिनका लागि टेंङ्ग्राखोलामा सरसफाईमा जुटेका थिए । 

क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्व गरेको सो क्लबमा आवद्ध भएका युवाहरुले डेढ घण्टाबढी श्रमदान गरि टेंङ्ग्राखोलाको पुल दक्षिण पश्चिम तर्फ सरसफाई गरेका थिए । वातावरणीय हिसाबले खोला नदी नालालाई सफा राख्नु पर्ने हुन्छ । खोला सफा राखियो भने वरपरको वातावरण सफा हुनका साथै असल मानविय सभ्यता स्थापित हुने भएकाले खोलामा जथाभावी रुपमा फ्याकिएको फोहोर टिप्ने र सफ ागर्ने कार्य गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक फुटबलका अन्तराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले बताए । 

उनका अनुसार ‘समाजको उचाई जिम्मेवार युवालाई’ मुल नाराका साथ क्लबले सरसफाई गर्दै श्रमदान गरेको हो । क्लबले समाजमा सकरात्मक सन्देश दिने खालका यस्ता गतिविधिहरु निरन्तर गर्दै जाने उनको भनाई छ । 

क्लबको सोमबारको अभियान इटहरीमा पनि श्रमदानको सुरुवात गर्नु पर्छ भन्ने सन्देश दिन र स्थानीय सरकार लगायतका सरोकारवालाहरुलाई दवाव सृजन ागर्नका लागि संचालन गरिएको क्लबका अध्यक्ष तिम्सिना बताउछन् । 

341965179_202204722580567_4215756409151987905_n

इटहरीको बजार क्षेत्रबाट टेंङ्ग्राखोलाको दुवैतर्फ सरसफाई गरि हेर्न लायक, घुम्न र बस्न लायक बनाउनका लागि स्थानीय सरकारले योजना नै ल्याएर कार्यन्वयन गरिहाल्नु पर्ने अवस्था आफुले पाएको तिम्सिनाले बताए । त्यसका लागि छिट्टै इटहरी उपमहानगरका प्रमुखलाई भेटेर क्लबका तर्फबाट कुरा राख्ने उनले बताए । उनले खोला नाला सफा राख्नु पर्छ, जथाभावी फोहोर फ्याक्नु हुन्न भन्ने चेतना शहरीयाहरुलाई पनि जगाउन आवश्यक रहेको बताए । उनले नगरपालिकाले गमला सहित विरुवा रोपेपनि त्यो योजना विना नै रोपिएको जस्तो आफुले पाएको बताए । 

क्लबले सरसफाई गरि श्रमदान गरेको देखेपछि खोला पश्चिमतर्फमा केही स्थानीयहरुले अभियान राम्रो भएको जनाउँदै श्रमदान कार्यमा साथ दिएका थिए । केही बुझेर पनि नबुझेको झै गर्नेहरुले सरसफाईमा अवरोध सृजना गर्न खोजेका थिए  । क्लबको सरसफाई श्रमदान अभियानमा इटहरी उपमहानगरपालिकाले पनि सहयोग गरेको अध्यक्ष तिम्सिनाले बताए । 

344592884_1891470331235781_2127619472054344852_n

इटहरीका हरेक सकरात्म कार्यमा क्लबले साथ दिने उनले बताए । खराब कार्यको सधै सकरात्म आलोचना र खबरदारी गरिरहने उनले जनाए । क्लबले निरन्तर रुपमा खेलकुद, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निःस्वार्थ कार्य गरि समाजलाई सकरात्मतर्फ लैजाँदै एउटा उचाई प्राप्त गर्न तर्फ बिबिध गतिविधिहरु गर्दै जाने योजना बनाएको महासचिव गजेन्द्र खड्काले बताए । उनका अनुसार छोटो समयमै क्लबको सदस्यता लिने युवा क्लब र युवाहरुको संख्या बढिरहेको छ । क्लबले इटहरीमा मात्र ५ सय युवाहरुलाई सदस्यता वितरण गर्ने योजना बनाएको छ । क्लबले राज्यका तीनै तहका सरकारसँग सहकार्य गर्ने उनले बताए ।