इटहरी: इटहरी ९ का वालवालिकाहरुले सोहि वाडका ४० जना बिपन्न बालबालिकाहरुलाई न्यायो कपडा बाँडेका छन् । हाम्रो आवाज वाल सञ्जालले व्यक्तिगत रुपमा पैसा उठाएर बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा खरिद गरि बाँडेको हो ।
उपप्रमुख लक्ष्मी गौतमको उपस्थितिमा इटहरी ९ मरिक वस्तिका अतिविपन्न परिवार ४० जना वालवालिकालाई एक कार्यक्रमका विच न्यायो कपडा वितरण गरेको हो । वालवालिकाहरुले चन्दा उठाएर अतिविपन्न परिवारका वालवालिकालाई टोपी,स्वीटर,ट्राउजर,मोजा वितरण गरिएको हाम्रो आवाज वाल सञ्जालका कार्यवाहक अध्यक्ष कञ्जन पौडेलले बताइन् ।
अध्यक्ष पौडेलले भनिन 'यो कार्य हामी वालवालिका पनि समाजका लागि उल्लेख्य कार्य गर्न सक्छौ भन्ने उदाहरण भएको छ।'