इटहरीः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री (अर्थमन्त्री) इन्द्र आङ्बो शुक्रबार तेह्रथुको सुख्खाग्रस्त्र क्षेत्रको सहयोग कार्यक्रममको लागि फेदाप जाँदै थिए । फेदाप जानलाई सडक मार्गबाट ३ बजे आसपास हिले पुग्दा धमाधम हिउँ पर्न थाल्यो ।
मध्य पहाडी जिल्ला धनकुटामा तुसारो मात्रै पर्ने क्षेत्रमा हिउँ पर्न थालेपछि मन्त्री उत्साहित बने । गाडीबाट ओर्ले । हिउँसँग खेले । केही तस्बिर लिए । र भने, ‘विरलै प्राप्त हुने दुर्लभ अवसर ।’
हिलेबाट उकालो लागेपछि धनकुटाकै सिँधुवा, चित्रे अनि तेह्रथुमको वसन्तपुरमा पनि हिउँ परेको मन्त्री आङ्बोले बताए । भोलि तेह्रथुमको फेदाप गाउँपालिकाका विभिन्न तीन कार्यक्रमसँगै एशियाकै अग्ला मध्येमा पर्ने ह्यात्रुङ झरनामा जाँदै गर्दा हिँउको अनुभव गर्न पाउँदा खुशी लागेको मन्त्री आङ्बोले बताए ।