इटहरीः सुनसरीको ईटहरी उप–महानगरपालिका १ आँपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए । 

घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।