विराटनगरः मोरङको बिराटनगर महानगरपालिका १५ स्थितबाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिस पक्राउ परेका छन । 

पक्राउ पर्नेमा भेन चालक विराटनगर २ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन ।  

सुक्रबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरटीआर बाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा विराटनगरबाट रानीतर्फ जादै गरेको को २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा र  भेनमा सवार रहेका उनिहरुको शरिर खानतलासी गर्ने क्रममा सुन जस्तो देखिने पहेलो धातुबाट बनेका बिभिन्न प्रकारका  गरगहनाहरु, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र बिभिन्न दरका भारतिया रुपैया ७ लाख ९५ हजार २ सय ८९ रुपैया बरामद गरेको हो । 

बरामद गरिएका निम्न अनुसारका गरगहना, नगद र इको भेन समेत गरी करिव ९० लाख मुल्य बरावरको सामाग्रीहरु आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भईरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातुका सामग्रीहरुः

१ ठुलो बिस्कुट थान ३ ( ३० तोला )

२ सानो बिस्कुट थान ६ (६ तोला )

३  ग्रामको बिस्कुट थान २ ( १० ग्राम )

४ सिक्काहरु  ( ३६ ग्राम )

५ ४ ग्रामको सिक्काहरु थन १० ( ४० ग्राम )

६ १० ग्रामको सिक्का थान १ 

७ .८ ग्रामको सिक्का थान ६  ( ४८ ग्राम )

८. १० ग्रामको सिक्काहरु थन २ (२० ग्राम)

९. कनौती थान २ ( ५.७८ ग्राम ) 

१० .ह्यालिङ थान२ ( ६.५० ग्राम )

चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामग्रीहरु

११. ढिक्का थान ११ ( १७१९.४४ ग्राम )

१२. बुनिया ९ .(२.८) ग्राम ।

१३. सिक्का थान ६८ (३६८.३२ ग्राम) 

१४. चार मुखे कचौरा (दियो) थान १ (५०.१४ ग्राम) 

१५. सिन्धुर राख्ने सिसि थान १ ( ५.४८ ग्राम ) 

१६. थाल थान ६ , (२४१४.०८ ग्राम )

१७. कचौरा थान ६ (३९७.८४ ग्राम)

१८. चम्चा थान ६ ( ३०३.४९ ग्राम)

१९. गिलास थान ६ (३६८.८३ ग्राम )

२०. मड्की थान १ ( ३७.८८ ग्राम )

२१. डिनरसेट ढोंगा ४  थान