धनकुटाः धनकुटा–६ पात्लेखोलामा आज साँझ भएको ट्रक दुर्घटनामा परी एक स्थानीय पैदलयात्रीको मृत्यु भएको छ ।

बाँस लिएर धनकुटाबाट धरान जाँदै गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक ब्रेक फेल भई सडकमा पल्टिँदा लोड भएको बाँसले लागेर पैदलयात्री ६२ वर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको हो ।

पल्टिएको ट्रकमा भएको बाँसले लागेर घाइते भएका दाहालको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ट्रकका सह–चालक पनि घाइते भएका छन् । उनको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

truck durghatana  (2)