भोजपुरः भोजपुर नगरपालिका–३, गुप्तेश्वर बलौटेमा टिपरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ ।
को १ ख ५८९७ नम्बरको टिपरले ठक्कर दिँदा भोजपुर–४, सिद्धेश्वरका १४ वर्षीय रविन खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडकखण्ड स्तरोन्नतिका लागि ढुङ्गा लिएर आउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।
भोजपुर नगरपालिका–१०, भैसीपंखाबाट ढुङ्गा लिएर गुप्तेश्वरतर्फ आउँदै गरेको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा बालकको ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालक विमल खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।