इटहरीः गत बर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभरका स्थानीय तहहरु मध्ये काठमाडौं महानगरका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पागंले गरेका कार्यहरु निकै महत्वसाथ मिडियाहरु कभरेज भए । स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिई विजयी हासिल गरेकाले पनि बालेन र हर्कको कार्यको राम्ररी नै चर्चा भईरहेको छ । मिडियाले पनि त्यही बढी बिक्ने भएकाले उनिहरुका कार्यलाई नै अलिक बढी प्रथामिकता दिएको पाहिन्छ । तर,  पार्टीबाट उम्मेदवार भई मेयर पदका विजयी भएकाहरुले पनि बालेन र हर्क कै छेउछाउमा कार्यहरु गरेका छन् । तर, उनिहरुले गरेका कार्यहरुको नेपाली मिडियाहरुमा उति साह्रो स्थान पाएकै छैनन् । 

चुपचाप जनताको कार्य गर्न रुचाउने मेयरहरु मध्ये सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल पनि हुन् । उनले इटहरी उपमहानगरको मेयर पदमा विजयी भई कार्यभार सम्हालेदेखि निकै नै प्रशंसायोग्य कार्यहरु गरेका छन् । जनतासँग प्रत्यक्ष सरोकार जोडिएका थुप्रै विकासका योजनाहरु संचालन गरेका छन् । जोगवनी किंमाथांका जोड्ने सडक निर्माणमा उत्पन्न अवरोध हटाउनहोस् या इटहरीको प्राथामिक अस्पताललाई बिषृेज्ञ डाक्टरहरु सहितको २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने कार्य होस् । या त गरिब समुदायलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने कार्य होस् । मेयर पौडेलको नेतृत्वमा एक बर्षको अवधिमा पुरा भएको छ । 

डिजिटल प्रणालीबाट इटहरीका घर नक्सा पासको सुरुवात गरेका छन् । साथै उपमहानगरले नै बनाईदिने घर नक्सा पास विपन्न समुदायलाई निःशुल्क गरिएको छ । थारु जातिलाई इटहरीको पहिलो नागरिक घोषणा गरि उनिहरुको भाषामा सामुदायिक विद्यालयमा पठपाठनका लागि आवश्यक कार्यको शुरुवात पनि मेयर पौडेलले गरेका छन् । त्यती मात्रै होइन, उनले इटहरीको मुख्य चौंकमा थारु लगायत सबै समुदायको प्रतिनिधित्व हुने गरिको आकर्षक स्तम्भ समेत निर्माण गरेका छन् । 

hemkarn pudel itahari

उनले मेयरको कार्यभार सम्हालेको १ बर्षभित्रमा सामुदायिक विद्यालय सुधारका लागि आन्तरिक लेखा परीक्षणको कार्य थालेका छन् । इटहरीको मुख्य चौंक , पूर्व बस स्टेण्ड र नगरपालिका भित्र गरि सर्वाजनिक शौचालय निर्माणको कार्य पनि गरेका छन् । सुशासनमा इटहरी उपमहानगरलाई अब्बल बनाउँदै कर्मचारीहरुलाई दिईदै आएको अनावश्यक भत्ता र इन्धनको कटौती गरेका छन् । उपमहानगरका सबै सवारी साधनहरुमा जिपिएस जडान गरिएको छ । घरदृखि घाटसम्म सरकार कार्यक्रम अन्तरगत दूई वटा शब बहानको व्यवस्था समेत गरिएको छ । अटिजम स्कुलको सुरुवात र पशु अस्पतालको निर्माण कार्यपनि थालिएको छ । मेयर पौडेलको नेतृत्वमा एक बर्षको अवधिमा आफ्नै खाद्य र प्राविधिक ल्याब निर्माण थाल्ने घोषणा गरिएको छ । इटहरी ९ मा कोल्डस्टोरेज सहितको बजार व्यवस्थापन निर्माणको कार्य थालिएको छ । कल सेन्टर मार्फत इटहरी उपमहानगरपालिका भित्रका नागरिकहरुको गुनासाहरु पनि सम्बोधन थालिएको मेयर पौडेलले बताए । 

झुपडी सम्म सुत्केरी पोषण कार्यक्रमलाई बिषेश प्राथमिकताका साथ अगाडि बढाइएको उनले बताए । सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदानका लागि व्यवस्थित प्रतिक्षालयको निर्माण पनि गरिएको पौडेलले बताए । त्यसको अलवा १ बर्षभित्रमै ३ वटा वडा व्यवस्थित वडा कार्यालयहरुको भवन पनि निर्माण गरिएको मेयर पौडेलले बताए । 

355434416_1619553121900763_9187054105730159104_n (1)

इटहरीको मुख्य समस्याका रुपमा रहेको शेरा र टेंग्रा खोला नियन्त्रणका लागि पनि आवश्यक योजनाहरु पनि संचालन गरिएको मेयर पौडेलले बताए । संघीय सरकारको निर्दैशन र देशको आर्थिक अवस्थाका कारण कतिपय क्षमता अभिबृद्धिका कार्यहरु भने यो बर्ष गर्न नसकिएको उनले बताए । 

इटहरी उपमहानगरमा नयाँ नेतृत्व आएपछि विकास प्रति नगरवासीहरुको आशा र अपेक्षा बढी नै भएता पनि स्रोतको सिमितताका कारण कतिपय कार्यहरु पुरा भने गर्न सकिएको मेयर पौडेलले बताए । आफुहरु एक बर्षका लागि नभई ५ बर्षका लागि निर्र्वाचित भएकाले अबका बर्षहरुमा आफुले निर्वाचन अघि घोषणापत्रमा उल्लेख गरिएका बाचाहरु पुरा गर्न तर्फ केन्द्रित हुने मेयर पौडेलको भनाई छ । निर्वाचित भएको पहिलो बर्ष बनाउनु पर्ने नीति, ऐन र कानून निर्माणमा पनि बढी समय खर्चनु परेको उनको भनाई छ । उनले भने -एक बर्ष स्थानीय तह संचालनका बारे बुझ्न नै समय लाग्यो् । अबका ४ बर्ष निरन्तर विकास निर्माण कार्यमै समय खर्चने छु । नगरबासीले परिर्वतनको राम्रो अनुभुत गर्ने गरि आफ्ना बाचाहरु पुरा गर्ने नै छु । यो् कुरामा विश्वस्त रहन नगरवासीमा मेरो आग्रह पनि छ । 

355134168_646211850753051_3720707539232707074_n