विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमू ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपालका तमू जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरूप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमू ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नयाँ वर्षको रूपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको आफूले विश्वास लिएको राईले शुभकामना सन्देशमा जनाएका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मुख्यमन्त्री राईले सन्देशमा भनेका छन्, ‘यस्तो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।

मुख्यमन्त्री राईले सङ्कीर्णता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसर फलदायी हुने अपेक्षा आफूले गरेको बताएका छन् ।