रुषा थापा

पछिल्लो समय विवाह, व्रर्तबन्ध, भोजभतेरी, बर्थडेलगायत पार्टी प्यालेसमा मनाइन्छ । जोकोही केही गर्नुपरेमा पार्टी प्यालेसमै पुग्छन् । पार्टी प्यालेसमा खानाको परिकारअनुसार मूल्य निर्धारण गरिएको हुन्छ । एक प्लेट खानाको १३ सयदेखि ३ हजारसम्म लिइन्छ । 

यता बच्चादेखि बुढासमेतले प्लेट समात्नेबित्तिकै पैसा तिर्नुपर्छ । चाहे उनीहरुले थोरै नै किन नखाओस् । सरकारले १६ वर्ष मुनिका बालबालिकालाई नाबालक वा ६८ वर्ष माथिकालाई ज्येष्ठ नागरिक भन्छ । 

तर, पार्टी प्यालेसमा दुई वर्षको बच्चा वा ८० वर्षको वृद्धाले प्लेट समाते पनि पैसा तिर्नुपर्छ । पार्टी प्यालेसमा खानेकुराको तोकिएको मूल्य सरकारद्धारा निर्धारित होइन । यो मूल्य पार्टी प्यालेसहरु आफैंले निर्धारण गर्छन् । 

पार्टी प्यालेन्समा विवाह, व्रर्तबन्ध, भोजभतेर गर्नेहरुसँग पैसा भने यति धेरै लिइन्छ । तर, त्यहाँ बनाएका खानेकुरा गुणस्तरहीन हुने सुनिन्छ । खर्सीको मासु भनेर बाख्रा बनाइन्छ, मरेका कुखुरा बनाइन्छ र सढेका, गलेका तरकारीहरु पकाइन्छ । 

सरकारले पनि पार्टी प्यालेसमा पकाएका खानेकुराको गुणस्तर चेकजाँच गर्दैनन् । यता कति सरसफाई छ भनेर पनि अनुगमन गरेको पाइदैँन । यसले पार्टी प्यालेसमा भोज खाएका अधिंकाश मानिसहरु झाडापखाला, टाइफाइटलगायत रोगको सिकार हुन्छन् । 

कतिपय त मर्ने अवस्थामा समेत पुग्छन् त कतिको उपचारमै लाखौं रुपैयाँ सिद्धिन्छ । अहिले जोकोही पार्टी प्यालेन्स व्यवसायमा निकै फाइदा रहेको बताउँछन् । हुन पनि त हो फाइदा भएकाले घरपिच्छे पार्टी प्यालेस सञ्चालन गरिएको हो । 

पछिल्लो समय मानिसहरुले बैंकबाट ऋण लिएर, घरजग्गा बेचेर, विदेशबाट कमाएर वा अरुलाई ठगेर विवाह, व्रर्तबन्ध, बर्थडे, एनिभर्सरी, भोजभतेर पार्टी प्यालेसमै मनाउँछन् । यति मात्र नभई कतिपयले श्राद्ध पनि पार्टी प्यालेसमा मनाएको पाइएको छ । 

पार्टी प्यालेसमा भोज दिने मानिसले आफ्नो आफन्त, छरछिमेक, साथीभाईमध्ये धनीलाई मात्र बोलाउँछ । जोसँग सुनगहना, महंगो कपडा र गाडी हुन्छ, उसैलाई भोजमा बोलाइन्छ । पहिलापहिलाका मानिसहरुले जुनसुकै काम पनि आफ्रनै घरबाट गर्थे । 

त्यसबेला कोहीको घरमा विवाह, व्रर्तबन्ध भए आफ्ना आफन्त, छरछिमेक, साथीभाई सबैलाई निम्तो दिइन्थ्यो । सबैलाई सम्मान व्यवहार गरिन्थ्यो । तर, पछिल्लो समय त आफ्रनै छिमेकको घरमा विवाह भएपनि थाहा हुदैँन । 

न छिमेकलाई विवाहमा नै बोलाइन्छ न राम्रो व्यवहार नै गरिन्छ । अहिले मानिस मरेपछि क्रियापुत्री बस्ने ठाउँ पाइदैंन । कति भाडामा बस्ने भएकाले ठाउँ हुदैँन त कतिको घर भएपनि सानो भएकाले ठाउँ हुदैँन । 

party-palece_20200830053637_ir12zMQI8T

यता गाउँपालिका, नगरपालिका, महानगरपालिकाले पनि क्रियापुत्री बस्ने ठाउँ बनाएको पाइदैंन । जसले गर्दा मानिस मरेपछि त्यो मानिसको परिवार, आफन्तजन र नातेदारलाई क्रिया बस्न समेत सास्ती भएको छ । 

सरकारले अहिलेसम्म पार्टी प्यालेन्समा पनि क्रियापुत्री बस्न मिल्छ भनेर मापदण्ड बनाएको छ । यता सार्वजनिक जग्गामा पनि गाउँपालिका, नगरपालिका क्रियापुत्री बस्ने ठाउँ बनाउँदैन । 

अहिले विवाह, ब्रर्तवन्ध, भोजभतेरका लागि छानीछानी पार्टी प्यालेन्स पाइन्छ । तर, मानिस मरेपछि क्रियापुत्री बस्नका लागि पार्टी प्यालेस पाइदैंन । मानिस जन्मिएपछि उसलाई नमर्नुन्जेल विभिन्न कुराको आवश्यकता पर्छ । 

पार्टी प्यालेस व्यवसायीले आफुखुशी खानेकुराको रेट तोकेर जनता ठगिरहेका छन् । तर, यसको विरोधमा कोही राजनीतिक दलका नेताहरु बोल्दैँनन् । व्यवसायीहरुले रित्तैमा पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन गर्न दिने हुँदा राजनीतिक दलका नेताहरु चुपचाप बस्छन् । 

अधिंकाश पार्टी प्यालेस घना बस्ती वा बाटोको छेउमा सञ्चालन भएका छन् । यसले एकातिर ट्राफिक जाम अस्तव्यस्त हुँदा अर्कातिर पार्टी प्यालेन्स छेउछाउका मानिसहरुलाई डिस्टप भइरहेको छ । 

राजनीतिक दलका नेताकै पार्टी प्यालेसमा अधिंकाश लगानी गरेको सुनिन्छ । जसले गर्दा उनीहरुले न सरकारले बनाएको मापदण्ड पालना गर्छन् न जनतालाई सस्तो मूल्यमा सेवासुविधा दिन्छन् । 

पार्टी प्यालेसमा प्रयोग गरिने मदिरा नक्कली हुने बताइन्छ । यता त्यहाँ काम गर्ने कामदारहरुलाई खाएकै भरमा काम लगाएको पनि सुनिन्छ । अहिले नेपाली नागरिकमा देखासिकी बढेको छ । 

नेपालीहरु अहिले अरुलाई देखाउनका लागि भएनि ऋण लिएर सुनगहना किन्ने, भोजभतेर गर्ने, विवाह गर्नेजस्ता काम गर्छन् । केही महिनाअघि काठमाडौंको चावहिलस्थित एक व्यक्तिले एउटा सुनको सिक्रीका निम्ति एक महिलाको हत्या गरे । 

तर, अहिलेपनि मानिसहरु घाँटी वा हातभरी सुनका गरगहना लगाएर हिड्छन् । उनीहरुमा अहिले पनि सुनका कारण आफ्नो ज्यान जान सक्ने चेतना आएको छ । पहिलापहिला महिलाहरुले माथिदेखि तलसम्म छोप्ने कपडा लगाउने गर्थे । 

यति मात्र नभई आफ्नो जेठाजु, ससुरा वा आफुभन्दा ठुलोको अगाडि अनिवार्य रुपमा टाउको छोपिन्थ्यो । तर, अहिले समयसँगै विकृति निम्तिएको छ । महिलाहरु पार्टी प्यालेन्समा जाने नाममा आफ्नो जिऊ सबै देखाउने गर्छन् । 

यता परिवार, आफन्तजन वा नातेदारहरुले पनि यस्ता कपडा वा सुनगहना लगाउन नहुने भनेर भन्न सक्दैँनन् । पहिला पहिलाका महिलाहरु अनिवार्य रुपमा धोतीचोलो लगाउने गर्थे । तर, अहिले त सदनमा जाँदा समेत राष्ट्रिय पोसक नलगाई पेन्टटिस्ट लगाएको पाइन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले भर्खरै मात्र सदनमा जाँदा पेन्ट टिस्ट लगाएको सबैलाई यादै होला । बुढोपाकाले भन्थे, ‘आफ्नो थैली राम्रोसँग बान्नु, पछि चोरी भयो भनेर नभन्नु ।’ पछिल्लो समय दिनप्रति दिन बलात्कारका घटना बढेको छ । 

तर, बलात्कारमा केटा मान्छेको मात्र दोष हुन्छ र । अहिले महिलाहरु आफैं छोटा कपडा लगाएर छाडा भएर हिड्ने गरेको पाइन्छ । जसले गर्दा पनि यस्ता घटना बढेको हो । उनीहरुले यस्ता कपडा लगाउँदा यसबाट हुन सक्ने घटनाबारे नसोच्दा समाजमा विकृति, विसंगति फैलिएको छ । 

पछिल्लो समय अधिंकाश भोजभतेर राती मनाइन्छ । पार्टी प्यालेसमा भोजभतेर गर्दा व्यवसायीले आफ्नो फाइदाका निम्ति किशोरकिशोरीलाई समेत मदिरा सेवन गराउन गर्छन् । यता मदिराको तालमा मातेका उनीहरुले कुन बेला के गर्छन् भनेर भन्न सकिदैँन ।  

त्यस्तै, दोहोरो साँझ, ड्रान्स बार, होटल, रेष्टुरेन्टहरु आदिमा पनि यस्तै हुन्छ । आफ्नो फाइदाका निम्ति व्यवसायीले युवतीको प्रयोग गर्ने गरेको कतिपयको आरोप छ । एउटा पार्टी प्यालेसमा व्यवसायीले तीन करोडदेखि पचास करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन् । 

त्यसमा पनि कति व्यवसायीको आफ्रनै जग्गा हुँदा कतिले भाडामा लिएका हुन्छन् । एउटा पार्टी प्यालेसमा दिनमै तीनदेखि चारवटा कार्यक्रम हुन्छ । व्यवसायीले एक दिनमा कम्तीमा २० लाख र बढीमा ५० लाख आय आर्जन गर्ने गर्छन् । तर, व्यवसायीले लगानी र आम्दानीको राजस्व राज्यलाई तिर्दैनन् । 

सानो घर त्यसमाथि साँघुरो भएपछि अहिले अधिंकाश मानिसहरु जुनसुकै कार्यका लागि पनि पार्टी प्यालेन्स धाउँछन् । मानिसहरु बाध्यताले भएपनि पार्टी प्यालेस जानुपर्ने भएको छ त पार्टी प्यालेस व्यवसायीहरु रमाइ रहेका छन् । 

पहिलापहिला बेहुलाको घरबाट जयन्ती लिएर बेहुलीको घर पुगिन्थ्यो । यता बेहुलीको घर पुगेपछि भोज खाएर बेहुलीलाई बेहुलाको घर लगिन्थ्यो । गाउँभरका मानिसहरुलाई विवाह भनेर थाहा हुन्थ्यो त उनीहरु पनि सामेल हुन्थे । 

तर, अहिले यसको ठिक विपरीत छ । बेहुला र बेहुला दुवैको विवाह पार्टी प्यालेसमा गरिन्छ । आफ्रनै छरछिमेक, आफन्त र नातेदारलाई विवाह छ भनेर थाहा हुदैँन । यसले गर्दा हाम्रो धर्म, संस्कृति पलायन हुदैँ गएको छ । 

पछिल्लो समय विवाहमा समेत व्यापार भएको छ । पैसा हुने मानिस पार्टी प्यालेसमा विवाह गर्छन् न पैसा नहुने विवाह नै नगरी बस्नुपर्ने बाध्यता छ । देखासिकीका कारण समाजमा अत्याधिक विकृति फैलिएको छ । 

पार्टी प्यालेसमा एउटा सानो कार्यक्रम गर्दा पाँच लाखदेखि ५० लाखसम्म लाग्छ । अनि यति पैसा तिर्न नसक्ने मानिस आफ्नो छोराछोरीको विवाह, व्रर्तबन्ध गर्नेबाटै वञ्चित हुने ? पहिलापहिला केटाकेटीको सहमतिपछि धनी भएमा घरबाटै विवाह गरिन्थ्यो । 

तर, आर्थिक अभाव भएमा मन्दिरमा विवाह गरिन्थ्यो । घरजग्गा बेचेर वा मिटरब्याजमा ऋण लिएर कोही विवाह गर्दैनन् थिए । तर, अहिले घरजग्गा बेचेर वा मिटरब्याजमा ऋण लिएर पार्टी प्यालेसमा विवाह गरिन्छ । 

अनि यसबाट अब आउने भावी पुस्ताले के सिक्छन् ? आफैं विचार गर्नुस् । अहिले राम्रा संस्कृति पलायन हुँदा विकृति, विसंगतिले ठाउँ पाएको छ । यसलाई समयमै निवारण गर्न नसके हाम्रा भावी पुस्ता पनि यसमै मुछिने छन् ।