झापाः शिवसताक्षी–४ स्थित अस्मिन मेमोरियल स्कुलका शारीरिक रुपमा अशक्त ४ जना विद्यार्थीलाई ह्वीलचेयर प्रदान गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका स्वकीय सचिव तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यमनाथ मैनालीको सहयोगमा ती विद्यार्थीलाई ह्वीलचेयर प्रदान गरिएको बताइएको छ ।
विद्यार्थी सन्तोष शाह, एलिशा राजवंशी, विकास यादव र उमेश शाहलाई ह्वीलचेयर प्रदान गरिएको विद्यालयका संस्थापक नीलमकुमार मैनालीले बताए ।