वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ । सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्न बजेट बिनियोजन गरिएको छ । विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरि स्ट्रीट लाईट जडान गर्न पनि बजेट छुट्याइएको छ । प्रत्येक वडामा एक वडा स्तरीय खेल मैदान निमार्ण गर्ने र प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट बिनियोजन गरिएको छ । उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजेट छुट्याएको छ ।
सात वर्ष अघि अर्थात २०७३ साउन ११ गते इटहरी उपमहानगरपालिका भित्र झन्डै ९ सय ९५ विगाहा ६ कठ्ठा साढे एक धुर सार्वजनिक, ऐलानी, पर्ती रहेको प्रतिवेदन उपमहानगरलाई बुझाइयो ।
उपमहानगरले सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरि सञ्चालन बजेट छुट्याएको छ । नवप्रवर्तन,अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गर्न बजेटमा समेटिएको छ । यस्तै, ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्न पनि बजेट छुट्याइएको छ। यसका लागि ६ वटा उपयुक्त स्थानमा चार्जिङ् स्टेशन निर्माण गरि सञ्चालन गरिने उल्लेख छ ।
आगामी वर्ष प्रत्येक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा विशेष एक अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ ।
स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत इटहरीबासीहरुलाई सेवा पु¥याउने उद्देश्यले २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ ।