फिक्कलःइलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ बर्षमा पुगिन। ६१ बर्षीय राई अहिले धमाधम बासँका सामग्री बनाउने सीप सिक्दै छिन । हातमा कुनै सीप नभएका राइ अहिले बासँका बिभिन्न सामग्री निर्माण गर्न पोख्त भैसकेकी छन् ।  ‘आफु संग कुनै सीप नहुँदा धेरै दुख पाईयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भनिन ।

सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को स्र्वीकृत कार्यक्रम अनुसार पाँच लाख १३ हजार रुपियाँ लगानी गरेर नगर क्षेत्रका २३ जनालाई बासँका सामग्री बनाउने सीप सिकाएको छ ।

बासँबाट फुलदानी, टी बक्स, फुल फ्रेम, बास्केट, मुडा, पेन स्टेन आदि बनाउने १५ दिने तालिम दिईरहेको छ । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको समन्वयमा संचालन भैरहेको तालिमा नगर क्षेत्रका स्थानीयले बासँका सामग्री बनाउन सिकाएको हो । सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले थोरै समय खर्च गर्दा धेरै सामग्री निर्माण गर्न सक्ने भए पछि सीप सिकेका स्थानीयले बेरोजगार बन्नु नपर्ने बताउनु हुन्छ । उनले भनिन े‘बासँका उत्पादनलाई पर्यटकीय उपजका रुपमा जोड्नका लागि यो सीप सिकाएका हौ ।’

धनकुटाबाट आएर निर बहादुर राईले स्थानीयलाइृ बासँका सामग्री बनाउने सीप सिकाउनु भएको छ । प्रशिक्षक राई भन्नु हुन्छ ‘खेर गएका स–साना बासँलाई पनि प्रयोगमा ल्याउन सकिन्छ, कम खर्च र थोरै समयमै सामग्री निमार्ण गर्न सकिन्छ।’ उहाले बासँका सामग्री बिक्री गर्नका लागि बजारको समेत समस्या नरहेको बताए । 

नगर क्षेत्रमा बासँ प्रसस्त पाईन्छ । बासँ खरिद गरेर सामग्री बनाउदा पनि उत्पादकलाई कुनै समस्या नपर्ने नगरले जनाएको छ । नगर प्रमुख रणबहादुर राईले स्थानीयलाई सीप सिकाउने र ब्यवसायीक बनाउने नगरको उद्देश्य रहेको बताए । नगरले सीप सिकेर बासँका सामग्री निर्माण गर्नेलाई बजारीकरणमा समेत सघाउने योजना बनाएको छ । नगर प्रमुख राईले भने ‘बासँका सामग्रीको बजार अध्ययन गरी नगरमा उद्योग समेत संचालन गर्न सकिन्छ।’सीप सिक्दै गर्नु भएकी सूर्योदय नगरपालिका ८ की मनिता राईले सीप सिकेर आफु बासँका सामग्री निमार्ण गर्ने काममा ब्यवसायीक रुपमा लाग्ने बताइन । उनले भनिन‘हामीले सिप मात्र सिकेर भएर उद्योग स्थापना गर्न लगानीको बातावरण समेत निर्माण गर्नु पर्दछ ।’

सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले सिपमुलक तालिम अन्र्तगत बासँका सामग्री निर्माण, खाद्य परिका बनाउने, कुखुरापालन तालिम, उद्यमशिलाता बिकास तालिम, नेतृत्व बिकास जस्ता बिभिन्न तालिम संचालन गर्दै आएको छ । शाखा प्रमुख शेर्पाले आगामी बर्ष देखि शाखाले सिप सिकेकालाई ब्यवसायीक बनाउन काम थालिने बताइन ।