धरानः नेपाल पत्रकार महासङ्घ सुनसरीको भवनको आज उद्घाटन भएको छ । शाखाको ११ औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भवनको उद्घाटन गरेका हुन् ।
धरान–१३ अमरहाटमा रहेको भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले मिडियालाई अङ्कुश लाग्ने गरी सरकारले कानुन नबनाउने बताए ।