विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताएका छन । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन । 

आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर  विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र  उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त  हिजोका जस्ता  राजनीतिक नेतृत्व छ न त  उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो  भएको छ ’–मुख्यमन्त्री कार्कीले भने । 

विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ  भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनले बताए । प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जिवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार  तयार रहेको बताए । 

cm pic

विराटननगरको निर्माणमा माडवारी समुदायले पु¥याएको योगदानको  चर्चा गर्दै यहाँको माडवारी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।  

तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी विराटनगर – १९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला  निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले  विराटनगरलाई पुनर्जिवनमा  सहयोग पुग्ने  बताए । उनले विराटनगर विमान स्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न सकेमा  विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यालाई पुनः निरन्तरता दिन आवश्यक भएको औल्याए ।

cm pic 1

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक  र राजनीतिज्ञहरुको नगरीको रुपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब  कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बताए । 

सो अवसरमा नेपाल राष्ट्रिय माडवारी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तल, माडवारी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान लगायतका व्यक्तिहरुले विराटनगर अतिथि सदन निर्माणका बारेमा बोलेका थिए ।