धरानः तालिम लिनु मात्र ठूलो कुरा होईन तालिममा सिकेको सीपलाई उपयोग गरेर आय आर्जन गर्न सक्नुे बन्नु चाही तालिमको उद्देश्य भएको प्रदेश सभा सदस्य यसोदा कायस्थले बताइन । शनिबार सिद्धि नेवाः परिषद्मा समापन भएको वरमाला नरिवल सुपारी सजाउने ७ दिने तालिमको समापन कार्यक्रममा कायस्थले यस्तो बताएकी हुन् ।
तालिमको समापन होईन अव शुरुवात भएको समेत उनले प्रष्ट पारेकी थिईन । कायस्थको पहल र समन्वयमा प्रदेश सरकारबाट धरान उपमहानगरपालिकामा हस्तान्तरित वजेटबाट उक्त तालिम सम्पन्न भएको थियो । सिद्धि नेवाः परिषद्को अयोजनामा धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा २०८० असार १० सोमबार देखि १६ गते शनिबारसम्म तालिम सम्पन्न भएको थियो ।
सिद्धि नेवाः परिषद्को तालिमहलमा सम्पन्न तालिममा १८ जना महिलाहरु सहभागी थिए । प्रशिक्षक जुली ताम्राकारले दिनु भएको तालिमको अन्तिम दिन सहभागीले बनाएका वरमाला र साजएका नरिवल सुपारी समेत प्रर्दशन गरिएको थियो ।
तलिममा सहभागीको तर्फबाट अनुभव मन्तव्य राख्ने क्रममा सहभागी प्रभा श्रेष्ठले तालिमको आयोजना व्यवस्थित, राम्रो चिया,खाजा पानीको व्यवस्था हुनका साथै प्रशिक्षकको सिकाउने तरिका प्रभावकारी भएकाले छोटो समयमा धेरै कुराहरु राम्ररी सिक्न पाएको धारण व्यक्त गरिन । तालिम प्रयोगात्मक भएकाले आफुहरुले बनाउन सक्ने मात्र नभएर सिकाउन सक्ने समेत भएको सहभागीका तर्फबाट बोल्दै अर्की सहभागी रिना बस्नेतले आफ्नो अनुभव राखेकी थिईन ।
तालिमकी प्रशिक्षक जुली ताम्राकारले आफु उद्यमशिल महिला समुहको सदस्य भएको र उक्त संंस्थाकी निवर्तमान अध्यक्ष माननीय यसोदा कास्थले विभिन्न स्थानमा तालिमहरुको आयोजना गरेर महिलालाई स्वरोजगार बन्न सहयोग गर्नु भएको जानकारी गराउदै आफुले उक्त तालिमा सहभागी भएर अहिले विभिन्न ठाँउमा प्रशिक्षण दिने अवशर पाएको बताईन ।
हातमा सीप हुनेले कहिले पनि दुःख पाउदैन सीप जाँगर दुवै भए सजिलै राम्रो पैसा कमाउन सक्ने विचार सिद्धि नेवाः परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले जानकारी गराए । सिद्धि नेवाः परिषद् आफ्नो योजनामा तालिमलाई प्राथमिकता दिएको र तालिम लिनेने सिकेको ज्ञानसीप व्यवहारमा उपयोग नगरे समय र स्रोतको नोक्सानी मात्र हुने भएकाले त्यसमा आफुहरु सचेत भएर सहभागी छनौट गर्ने कुरामा महत्व दिने बताए ।
कार्यक्रम कोशी प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रम अन्तरगत धरान उपमहानगरपालिकालाई हस्तान्तरित ७ लाख बजेट मध्येबाट ५० हजारको वजेटबाट सम्पन्न भएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी गराएका थिए ।
तालिमको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका ७ नं। वडाका वडाध्यक्ष जीवन सुवेदी, आर्थिक विकास समति संयोजक विनिता वज्रचार्य, नेवाः देय दवूका केन्द्रिय उपाध्यक्ष अनिल मास्के, केन्द्रिय सदस्य नरेश कुमार शाक्य, जिल्ला उपाध्यक्ष सुरेन्द्रमान् स्थापित, नगर अध्यक्ष मनोहर शाक्य लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेको थियो । ।