इनरुवाः  सुनसरीमा ३० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले देवानगञ्ज गाउँपालिका(७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शंकर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन । 

पीडित महिलालाई पीडकले असार १५ गते विहानको समयमा उखुबारीमा घास काट्न गएको बेला बलात्कार गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिइएको हो । 

पीडितले आफूमाथि बलात्कार भएको भन्दै मानव अधिकारकर्मी र स्थानीयको सहयोगमा यादवविरुद्ध प्रहरीमा उजुरी दिएको  बताइन । 

पीडितका अनुसार आफू घरको पूर्वमा रहेको उखुबारीमा घाँस काट्न गएको मौकामा पीडक यादवले बलात्कार गरेकाले हदैसम्मको कार्वाही र आफूलाई क्षतीपुर्ती समेत दिलाई पाउँ भनेर आरोपितविरूद्ध असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन । 

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तारको प्रयास भएपनि हाल फरार रहेको र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको बताइएको छ ।