झापाः गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालयले झापाको भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर परिवारलाई बीमाबापतको २० लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत् इलाममा १० लाखको जीवन बीमा र १० लाखको दुर्घटना बीमा गरेका थिए । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा प्रधानको निधन भएकाले बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली प्रधानको घरमै पुगेर मृतकका बाबु कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेको थियो । सो कम्पनीले चालु आर्थिक वर्षमा १ करोडभन्दा बढी बीमादाबी भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले बताए ।