इलामः इलाममा झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर रहेको प्रहरीले जनाएको छ।चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले स्थलगत सर्जिमिन गर्दा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेका हुन् ।

सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको प्रमाणित भएकोले आवश्यक छानबिनका लागि प्रशासनलाई उजुरी गरेको थियो ।पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय इलामको प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए ।

359566403_986732222646583_7844802842877713257_n