इटहरीः निरन्तर बर्षाका कारण आज एक दिन इटहरी क्षेत्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय इटहरी उपमहानगरपालिकाले गरेको छ ।

केही बेरअघि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको सबैको बैंठकले यस्तो निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । 

बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको मेयर पौडेलले बताए । उनले केही समयपछि निर्णयको सूचना केही बेरपछि शिक्षा महाशाखाले जारी गर्ने जानकारी दिए । 

इटहरीको डुवान समस्या पहिलादेखिकै भएकाले ०८० सालभित्रमा यसको दीर्घकालिन समाधानका लागि उपाहानगरले कार्य गर्ने उनले बताए । विपत व्यवस्थापनमा इटहरी उपमहानगर गम्भिर भएर अघि बढेको जनाउँदै इटहरी नगरवासी सबै मिलेर विपद्बाट आफु र अरुलाई जोगाउनु पर्नेमा मेयर पौडेलले जोड दिए ।