इटहरीः इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २२ गते परीक्षा लिने भएको छ । 

उपमहानगरपालिकाको शिक्षा शाखाले बुधबार एक सूचना जारी गर्दै देखि साउन १ गतेदेखि आवेदन खुला हुने र साउन १५ गतेसम्म रहने उल्लेख छ। 

शैक्षिक सत्र ०८०÷८१ का लागि छात्रवृत्तिका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुनेछ । 

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत फाल्गुनीप्रसाद काफ्लेद्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।

358661241_255056453942025_3624690695467692819_n