इटहरीः नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने कार्य सोमबारबाट सुरु गरेको छ ।

भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सोमबारबाट औपचारिक रुपमा सुरु गरेको हो  ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेकोे बताए । 

नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘ आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।

‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्‍यो भन्ने गुनासो आएको छ”, उनले भने । अब हामि आफै जनताले चाहे अनुसारको नक्सा बनाइ दिन्छौ ।