धरानः “बाबु, धेरै धन्यवाद है, यति सजिलो संग हामी बुढाबुढीलाई डाक्टरसंग जा“च्न सुविधा दिएकोमा” उर्लाबारीबाट स्वास्थ्य जा“च गर्न आएका खोमनाथ प्याकुरेलले भने । परिवर्तनका लागि सामाजिक अभियानद्वारा पाक्षिक रुपमा शनिवारका दिन आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा स्वास्थ्य परिक्षण पश्चात् प्याकुरेलले आयोजकप्रति आभार व्यक्त गरेका थिए । अभियानले करिब २ वर्ष अगाडिदेखि यो क्लिनिकको आयोजना गर्दै आएको छ । 

“४१ औं संस्करणसम्म आयोजना गरिसकेको यो निःशुल्क क्लिनिकमा विशेष गरि ७० वर्ष भन्दा माथिका बुवाआमाहरुको स्वास्थ्य परिक्षण गर्ने गरिन्छ” अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालका अनुसार मुटुरोग, रक्तचाप र मधुमेह सम्बन्धि जा“च गरिने यो क्लिनिक धरानका विभिन्न वडाहरु र झापा गाउ“पालिका, इनरुवा, बराहक्षेत्रमा समेत आयोजना गरिएको छ । 

1689571233167

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिने यस क्लिनिकमा निःशुल्क स्वास्थ्य परिक्षण, सुगर जा“च अनि औषधि वितरण गर्ने गरिन्छ । ७६ जना विरामीहरुको स्वास्थ्य जा“च गरिएको यस क्लिनिकमा नर्स रेनु चौधरीले रक्तचाप परिक्षण र सुगर टेष्ट गरेकी थिईन ।

अभियानका अभियन्ताहरु वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, राजु फुयाल, मोहन श्रेष्ठ लगायतकाहरुले कार्यक्रमको व्यवस्थापन गरेका थिए । सामाजिक संघसंस्था, वडा कार्यालय र विद्यालयहरुको सहकार्यमा आयोजना गरिने यो कार्यक्रमको ४१ औं संस्करण विष्णु मेमोरियल स्कुलमा आयोजना गरिएको थियो ।

विद्यार्थीहरुका अभिभावकहरुको पनि स्वास्थ्य जा“चका लागि कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताए । “सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा परिवर्तनका लागि सामाजिक अभियानप्रति हार्दिक आभार” श्रेष्ठले भने ।

1689571233079