इलाम: इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान भएको सवारी दुर्घटनामा १ जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले बताए ।

सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर गाडी पछि सर्दा उनलाई गाडीले किचेको बताइएको छ । त्यस क्रममा गाडी पल्टिए पनि गाडीमा सवार कसैलाई पनि चोट नलागेको प्रहरीले जनाएको छ । बसचालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।