इलामः नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् ।

इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारे ।

डा. महतले गुटबन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए । डा. महतले सरकारले संस्थागत रूपमा भ्रष्टाचार गरेको आरोप लगाए ।