फिक्कलः इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा बा २१ च ७९७१ नम्बरको कारमा राखिएको ३ दशमलब ३ ग्राम ब्राउन सुगर सहित चालक समाल्बुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २४ वर्षीय समीर तामाङलाई पहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भैहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पछिल्लो समय भारतका बिभिन्न स्थानबाट बिभिन्न प्रकारका लागु औषध नेपाल भित्रयाउने क्रम बढ्दै गएको छ ।