इटहरीः नेपाली काङ्ग्रेसका महासमिति सदस्य कोबिदजङ्ग कार्कीले काङ्ग्रेस आफैँभित्र मेलमिलाप हुन जरुरी रहेको बताएका छन् । ४३ आंै मेलमिलाप दिवसको अवसरमा उनले काङ्ग्रेस आफँैमा एक हुन नसकेको भन्दै आन्तरिक रूपमा एक हुनुपर्ने बताए ।

बीपी कोइरालाले देश बचाउन मेलमिलापको नीति अख्तियार गरेकाले अब काङ्ग्रेसले आफू बच्नको लागि मेलमिलापको नीति लिनुपर्ने उनको भनाइ छ । नेताहरू आफूआफूमा विभाजित हुँदा काङ्ग्रेस कमजोर भएको र अब नेताहरू बोलीमा मात्र होइन व्यवहारमा पनि नजिक हुनुपर्ने उनले बताए ।

नेतानेता बीचमा तथा नेता र कार्यकर्ता बीचमा दूरी बढ्दै गएकाले यो मेलमिलाप दिवसको दिनदेखि नै मेलमिलापको माध्यमबाट दूरी घटाउनुपर्ने उनको भनाइ थियो ।