इटहरीः इटहरी उपमहानग्पालिकाले इटहरीका दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ । 

इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाले आइतबार ती विद्यालयलाई पत्रचार गरि सञ्चालन अनुमति रद्ध गरिएको जानकारी गराएको हो । महाशाखा प्रमुख उप सचिव सुर्यप्रसाद सुवेदीले पत्रचा् गरेका छन् । 

362294697_561316769543635_3500452383570867790_n

सुवेदीका अनुसार इटहरी १० को इटहरी नमूना स्कुल र इटहरी ६ को इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति रद्ध गरिएको हो । 

नमूनाले कक्षा ६ सम्म अनुमति लिई कक्षा संञ्चालन गरिरहेको थियो ।  उता इटहरी   चिल्ड्रेनले  कक्षा १० सम्मको अनुमति पाई सोही बमोजिम विद्यार्थीहरु्र भर्ना गरी अध्यापन गराईरहेको थियो । सञ्चालन अनुमति रद्ध भएसँगै अब ती विद्यालयमा पढ्ने सयौं विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेको छ । ती विद्यालयमा पढ्ने सयौ विद्यार्थी र उनका अभिभावकहरुमा चिन्ता बढेको छ  । 

नेपालको  प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम इटहरी उपमहानगरपालिकाले पटक पटक छात्रवृत्ति वितरणको विवरण पेश गर्न लिखित पत्राचार गरिएकोमा निर्धारित समयमा छात्रवृत्ति वितरण नबुझाई तोकिएको जरिवाना समेत म्यादभित्र दाखिला नगरेकाले  विद्यालयको सञ्चालन अनुमती रद्ध गरिएको सुवेदीले जनाए ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको निर्देशनमा शिक्षा महाशाखाले ती विद्यालयलाई पहिलो पटक जेष्ठ २९ गते, दोस्रो पटक असार ११ र तेस्रो पटक असार २१ गते छात्राबृति विवरण पेश गर्न पत्राचार गरेको थियो । तीन तीन पटक पत्राचार गर्दा नि दुई विद्यालयले विवरण पेश गर्दा वेवास्था गरेपछि असार २९ गते बसेको इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको बैंठकबाट ५० हजारका दरले जरिवाना तोकेको पत्रचार गरेको थियो । तर जरिवाना समेत नबुझाएपछि शिक्षा महाशाखाको बैंठकले ०८० सालबाटै लागू हुने गरि सञ्चालन अनुमति रद्ध निर्णय गरेको महाशाखाले जनाएको छ । 

ती विद्यालयको सञ्चालन अनुमति रद्ध गरिएको जानकारी सहितको बोद्यार्थ इटहरी उपमहानगरले कम्पनी रजिष्टारको कार्यालय काठमाडौं, आन्तििरक राजस्व कार्यालय इटहरी, इटहरी उपमहानगरपालिकाको राजस्व शाखा र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय इनरुवा सुनसरीलाई पठाएको सुवेदीले जानकारी दिएका छन् । 

362299699_1572152053311325_6889186698796997608_n