धरानः डेंगु प्रकोपका कारण धरानमा ४ जनाको मृत्यु भएको छ । पछिल्लो समय धरानमा डेंगु संक्रमण बढेसँगै उपचार गराईरहेका ४ जनाको मृत्यु भएको हो । डेंगुका बिरामीको चाप प्रतिदिन बढेकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको छ ।  बिपी प्रतिष्ठानमा  बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलका अनुसार  डेंगु संक्रमण भई उपचार गराईरहेका  मध्ये  जेठ २३ गते धरान १७ की ३० बर्सिया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया  एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४  वर्षीया वृद्धाको मृत्यु भएके हो  । 

धरान लगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लाहरुमा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज पुरमा उपचार गराउन बिपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलले बताए।  

उनका अनुसार असार २९ गते देखी श्रावण ७ गते सम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको छ ।  बिपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिसतसम्म सङ्क्रमण देखिएको उनले बताए  ।  

प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ।पी।डी।मा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आईसीयु, इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले बताए। 

स्थानीय सरकार नगर प्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडालाई अभियान सुरु गर्न लागिएको बताएका छन् । ।