धरानः मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठ, फस्र्ट रनर अप अनिला क्षेत्री र सेकेन्ड रनर अप इटहरीकी तपस्या रनपहेंलीलाई युएन कलेज धरानले एक कार्यक्रमको आयोजना गरी सम्मानपत्रले सम्मान गरेको छ ।

विजेतालाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको क्याम्पस प्रमुख डम्बर तुम्बाम्पोले स्वागत मन्तव्य राख्ने क्रममा बताएका थिए ।

मिस पूर्वाञ्चल विजेता पूजा श्रेष्ठ भद्रपुरकी हुन् । फस्र्ट रनर अप अनिला क्षेत्री धनकुटाको हिलेकी हुन् भने सेकेन्ड रनर अप तपस्या रनपहेली इटहरी निवासी हुन् । फस्र्ट रनर अप अनिला यु एन कलेजकै विद्यार्थी हुन् ।

प्रतियोगिताको एजुकेसनल पार्टनर युएन कलेज रहेको थियो । मिस पूर्वाञ्चल विजेतालाई युएन कलेज धरानले बिबिएसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ भने बिएचएममा अर्धछात्रवृत्ति प्रदान गर्ने भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथि प्रदेश पोर्टल डट कमका प्रधान सम्पादक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको सञ्चालन होटल म्यानेजमेन्टका कोअर्डिनेटर गगन श्रेष्ठले गरेका थिए ।

un collage samman dharan miss purbanchal