इटहरीः सामाजिक सञ्जालहरुमा आर्कषक तलव सुविधा देखाउने इटहरीको एकेएम गु्रपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।
सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आईतवार छापा मारेको हो ।
विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले ग्रुपमा छापा मारेको हो । कर्मचारीहरुलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् । सर्वसाधरणहरु जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफुहरुले कार्यालयमै गएर छापा मारेको बताए। केहि दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आईरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले भने । ग्रुपको सामान वेच्नका लागि उनीहरुले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाईयो ।
यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन मेयर पौडेललको आग्रह थियो । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिशनको लागि कर्मचारीहरुले विज्ञापन गरेको स्वीकार गदै आगमी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधब काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगमी दिनमा यस्ता विज्ञापन गरे कारवाही गरिने उनको भनाई थियो । इटहरीमा ठगीका घट्नाको विषयमा आफुहरु चलाखी पूर्ण रुपमा काम गरिरहेको उनको भनाई छ ।