इटहरीः ग्रामिण पर्यटनका गान्धी नामले सुपरिचित अभियान्ता सुप्रीतम राज बासु भारतको पश्चिम बंगाल सरकारको इको टुरिजम प्रमुखमा मनोनयन भएका छन् ।
उनलाई त्यहाँको सरकारले केही दिन अगाडि सो पदको जिम्मेवारी प्रदान गरेको हो ।
बासु विगत ४ दशकदेखि भारत र नेपालको ग्रामिण पर्यटन उत्थानमा सक्रिय भई अभियान्ताकै रुपमा कार्यरत रहँदै आएको नेपाल तर्फका ग्रामिण पर्यटन अभियान्ता मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताए ।
बासुलाई प्रदान गरिएको जिम्मेवारीले पश्चिमबंगालको मात्र नभई नेपालको ग्रामिण पर्यटन विकासमा थप महत्वपूर्ण योगदान हुनेमा आफु विश्वस्त भएको कार्कीले बताए । उनलाई प्रदान गरिएको उच्च तहको जिम्मेवारीले भारत र नेपालमा ग्रामिण पर्यटनको उत्थान, विकास र प्रर्बधनमा लाग्नेहरुलाई थप उत्साहा थपेको कार्कीले बताए ।
राज बासु नेपाल र भारतमा जाने एक मात्र पर्यटन मासिक पत्रिका टुर न्यूज र टुर शाला डटकम अनलाइनका सल्लाहाकार समेत हुन् ।