इटहरीः  इटहरीमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ । इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रुपमा  सन्चालनमा ल्याएको कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो । 

 इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रुपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगि गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सन्चालकलाई तीन दिन भित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए । नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रुपमा अनुगमन गरिरहेको छ ।

कम्पनीमा आबद्ध व्यक्तिहरुले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरुलाई सामान्य व्यापार व्यवसाय र जागिरहरुको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेको पाइयो मेयर हेमकर्ण पौडेलले बताए । 

365982817_255403727304489_4752942872808629578_n

  इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र   रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।  ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाईएको हो  । 

जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ । अझ सदस्य बनाएवापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ ।

   गैरकानुनी रुपमा बनाईएका सदस्यहरुलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी ‘बिभि’ भए बढी कमाइने र कम ‘बिभि’ भए थोरै कमाइने भनेर सिकाईन्छ। त्यहीअनुसार बढी पैसा असुल्ने अरु विभिन्न नामका योजना कम्पनीले बनाएको भन्दै अनुगमनको क्रममा बन्द गरिएको हो  । कम्पनीहरुले इजाजत यौटाको लिने काम अर्कै गर्ने गरेको पाइयो अनुगमन समितिकी संयोजक उपमेयर संगिता चौधरीले बताएकी छन् ।