खाँदबारीः  संखुवासभा कारागारमा कुटपिट पछि कैदीको मृत्यु प्रकरणमा पीडितका तर्फबाट निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी परेको छ । तर, घटना भएका समयमा उनी काजमा बसेको खुलेको छ । त्यो समयमा सहायक कम्प्युटर अप्रेटर इन्द्रनारायण यादवले निमित्तको जिम्मेवारी पाएका थिए । प्रजिअसँग स्वीकृति लिएरै साउन १७ देखि २३ गतेसम्मका लागि आफू काजमा काठमाडौं गएको घिमिरेले बताए । 

‘म ६ दिनका लागि काजमा थिएँ । अफिसकै काम लिएर काठमाडौं गएको हुँ,’ उनले भने, ‘कारागार विभाग र गृह मन्त्रालय पुगें । म काजमा बसेकै बेला घटना भएको हो ।’ साउन २४ गते बुधबार बिहान १० बजे उनी कार्यालयमा हाजिर हुने तयारीमा थिए । तर, बिहानका राति नै घटना भयो । ‘घटना हुँदा म काठमाडौंबाट आइसकेको थिएँ । खाँदबारीस्थित घरमै सुतिरहेको थिएँ । राति नै कैदी भाग्न खोेजेको जानकारी आयो,’ घिमिरे भन्छन्, ‘तत्काल प्रजिअ र प्रहरी प्रमुखलाई जानकारी गराउन निर्देशन दिएँ । भाग्न खोजेकालाई भित्र राखियो भनेपछि राति कारागार गइँन । बिहान पुग्दा अस्पताल लैजान भनेर दुई जनालाई सिकिस्त अवस्थामा बाहिर निकाल्दै गरेको देखेको हुँ ।’ 

कार्यालयमा हाजिर नभएपनि मानवीय हिसाबले कैदीको उपचारमा भने सक्दो सहयोग गरेको उनी बताउँछन् । काजमा बसेका बेला घटना हुँदा पनि आफूलाई ओरोप लगाएको गुनासो उनले पोखे । ‘अफिसकै कामले काजमा बसेको म हाजिर हुन नपाइकन घटना भएको छ । तर, पनि मैले गर्नुपर्ने सबै भूमिका निर्वाह गरें,’ घिमिरेले भने, ‘उल्टै मविरुद्ध जाहेरी परेको छभन्ने सुनें । म निर्दोश छु ।’ 

बिहान ७ बजे हाराहारीमा प्रजिअ र डीएसपी नै कारागारमा आइपुगेको उनले बताए । त्यहाँमाथि अरुलाई नै जिम्मेवारी दिएर काजमा थिएँ,’ उनले भने, ‘हाजिर हुन नपाउँदै घटना भएको छ । त्यही पनि जिम्मेवारी निर्वाह गर्दा गर्दै मलाई नै दोषी देखाउने प्रयास भइरहेको छ ।’ घिमिरेले आफ्नै कारणले घटनाको सत्यतथ्य बाहिर आएको दाबीसमेत गरे । ‘म थिइन भने वास्तविकता बाहिर आउने थिएन । घटनाप्रति दुःख व्यक्त गर्छु । दोषी रहेछु भने मलाई कारबाही हुँदा कुनै आपत्ति हुने छैन,’ उनले भने । 

367454932_1114771989895774_6696939472702143239_n1692004379

कारागारका कैदीबन्दीले आइतबार घटनामा कारागार प्रशासनको कुनै कमजोरी नरहेको निवेदन प्रजिअलाई दिएका छन् । निवेदनमा ८८ जना कैदीबन्दीको हस्ताक्षर छ । उनीहरुले कर्मचारीमाथिको आरोप फिर्ता लिएर कारागारको बाहिरी प्रशासन सुचारु गराइदिन पनि प्रजिअसँग माग राखेका छन् । 

डीएसपी गोदारले पनि घटनामा निमित्त जेलर घिमिरेको दोष नरहेको भनेर पीडितलाई सम्झाउने प्रयास गरिएको बताए । ‘उहाँ काजमा हुनुहुँदो रहेछ । त्यो कुरा पीडितलाई भनियो,’ गोदार भन्छन्, ‘तर, पीडितले नमानेपछि हाम्रो केही लागेन । जाहेरी परेपछि सुक्ष्म रूपले अनुसन्धान गरिरहेका छौं ।’ 

कार्यालयमा अनुपस्थित रहेका निमित्त कारागार प्रशासक राजेन्द्र घिमिरे समेतलाई पिडित पक्षबाट निकानी जाहेरी गरी कानुनी कार्यवाहीका लागि माग गरिएको घटना प्रति गंभिर ध्यानाकर्षण भएको जिल्लाका चार कर्मचारी संगठनहरुले विज्ञप्ती मार्फत जनाएका छन् । विज्ञप्तीमा भनिएको छ, यसरी घटनामा संलग्न नभएका व्यक्तिहरुलाई किटानी जाहेरी दिदाँ वास्तविक दोषी उम्कन सकने र निर्दोष व्यक्ति साजायको भागिदार हुने तथा पिडित पक्षलाई समेत वास्तविक कानुनी उपचार प्राप्त नहुने हुँदा निस्पक्ष छानविनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँद छौं ।

निश्पक्ष छानविन गरी दोषी कानुन बमोजिम हदैसम्मको सजाय तथा निर्दोषको संरक्षका लागि अनुरोध गरेका छन् । जिल्लमा रहेका नेपाल निजामती कर्मचारी संगठन, नोपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचरी संगठन-निजामती_ र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादरी कर्मचरी श्रमिक संघठनले कार्यालयमा अनुपस्थितल रहेका कर्मचारीलाई पिडित पक्षबाट किटानी जाहेरी गरी कानुनी कार्यबाहीका लागि माग गरिएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

Photo-20230813-Sangkhuwasabha-2