धनकुटाः  कृषकलाई उत्पादन पछिको चुनौती हो बजार। उत्पादन पछि कहाँ लगेर कसरी बच्ने कृषकको चिन्ताको विषय बन्न पुग्छ।

तर धनकुटाको कोसी राजमार्ग आसपासका कृषकको लागि भने राजमार्गनै ठुलो बजार बनेको छ। धेरैले राजमार्ग आसपास उत्पादन गर्छन् अनि राजमार्गमै बिक्री गर्छन्। 

धरान–धनकुटा र धनकुटा–हिले सडक खण्डलाई यहाँका किसानहरूले आफ्ना कृषि उपजहरू बिक्री गरेर जीविकोपार्जन गर्ने आधारका रूपमा प्रयोग गदै आएका छन्। राजमार्गको भेडेटार देखि धनकुटाकै ब्यपारिक केन्द्र हिले बजार सम्मको करिब ४५ किलोमिटर सडक क्षेत्रमा दर्जनौँ किसानहरूले व्यापार गरेर जीवन गुजारा गरिरहेका छन्। 

धनकुटा सहित सुनसरी, मोरङ, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट यातायातमा आवतजावत गर्ने यात्रुहरू उनीहरूका मुख्य ग्राहक हुने गरेका छन्। यसरी बिक्री गर्नेहरू कुनै महिना खालि बस्नु नपरेको मुलघाटका बिन्द्रमान लिम्बुले बताए ।

Sequence-03.00_00_39_04.Still002-1536x864

धनकुटाको मुलघाटमा मात्र एक सय भन्दा बढिले यसरी व्यापार गर्दै आएका छन्। भेडेटार देखि हिले सम्म भने दुई सय भन्दा बढिले यसरी व्यापार गर्दै आएका छन्। अफसिजनमा ४ हजार सम्म र सिजनमा दैनिक १५÷२० हजार सम्मको सब्जी तथा फलफूलको कारोबार हुन्छ। हेर्दा सडकको व्यापार देखिन्छ, तर यही सडकमा बसेर स्थानीयले करोडसम्मको व्यापार गर्ने गरेको मुलघाट कै नवीन घिमिरे बताउछन । 

यहाँ स्थानीय स्तरमा उत्पादित मौसम अनुसारका ताजा तरकारी तथा फलफूल तराई र पहाडी जिल्लाका यात्रुहरूले कोसेली तथा घरायसी प्रयोजनका लागि लाने गरेका छन्। आफैँ उत्पादन गरेर वा छिमेकबाट सङ्कलित कृषि उपजलाई बेचेर यहाँका किसानहरू घर व्यवहारमा टेवा पु¥याउने देखि लिएर घर घडेरी जोड्न सफल भएका छन्। तर यसरी बेच्दा गुणस्तरमा भने ध्यान दिनु पर्ने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राना बताए ।  

यहाँ सिजन अनुसारको व्यापार हुन्छ। धनकुटा र हिले बिचमा बाहै् महिना सब्जीको व्यापार हुने गरेको छ। तिहार आसपास फूलको व्यापार हुन्छ। गुठिटारमा बाह्रै महिना टमाटरको व्यापार हुन्छ। मुलघाटमा सिजन अनुसार आँप, उखु, बेल, सजिबन लगायतको व्यापार हुन्छ। मुलघाट देखि भेडेटार सम्म पनि फलफूल  र सब्जीको व्यापार हुने गरेको छ। रेडियोनेपालबाट