विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ आँै महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले यस्तो बताएका हुन् ।
‘काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुन्छ,’ कोइरालाले भने ।
नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बन्द हुनुपर्ने उनले बताए ।
धर्म र राजनीति अलगअलग विषय भए पनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको पनि उनले बताए ।