सोलुखुम्बुः भालुको आक्रमणबाट घाइते भएका सोलुदुधकुण्ड नगरपालिका ४ खोलाघारीका निमा तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

आज बिहान वस्तुको गोठमा जाने क्रममा भालुले आक्रमण गरी घाइते भएका तामाङको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

भालुले आक्रमण गर्दा उनको घाँटी, अनुहार, टाउको र बायाँ खुट्टामा चोट लागेको जनाइएको छ । उनको अवस्था सामान्य बोल्न सक्ने रहेको अस्पताल स्रोतले जनाएको छ ।