पाँचथरः पूर्व सिँचाइमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा ४ अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाएका छन् ।
पाँचथरको फिदिममा आज पार्टीका कार्यकर्तासँगको भेटघाटमा यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको बताएका छन् । ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको उनको भनाइ थियो ।
प्रतिष्पर्धा नै नगरी अरुण तेस्रो भारतलाई र बुढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उनको भनाइ थियो ।