इटहरीः सुनसरीको इटहरीमा डेङ्गी रोग नियन्त्रण गर्न तरुण दल सुनसरीका युवाहरुले ‘खोजी र नष्ट अभियान’ सुरू गरेका छन । इटहरीमा डेङ्गीको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गर्नु पर्छ भन्दै तरुण दल सुनसरी सक्रिय भएको हो । 

डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको  तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए । गुरुङले इटहरी १९ बाट सुरु गरेको अभियान वडाहरुमा गरिने बताए। इटहरी ९ मा पनि युवाहरु परिचालन गरेर अभियान सुरु गरेको उनले बताए  । 

इटहरीमा पछिल्लो समय डेङ्गी सक्रमण बढ्दै गएको भन्दै साझको समयमा लार्भा खोजेर मार्ने अभियानमा लागि परेको तरुण दल सुनसरीका अध्यक्ष तथा सामाजिक अभियानता गुरुङको भनाई छ।