धनकुटाः  धनकुटाको पाख्रिबास नगरपालिकाका एक व्यक्तिको मलेसियामा निधन भएको छ । 

पाख्रीबास नगरपालिका वडा नं ७ स्थायी घर भई हाल सुन्द्हरैंचाको गोठगाँउमा बसोबास गर्दै आएका गम्भिरजंग थापाको निधन भएको हो । मृतक थापा नेपाली सेनाबाट अवकाश प्राप्त गरेर करिब २ महिना अगाडि मात्र रोजगारीको सिलसिलामा मलेसिया गएको र २३ अगस्तको दिन राती सुतेपछि श्वासप्रश्वासमा समस्या आएर उहाँको मृत्यु भएको परिवारजनले जनाएका छन् । 

मृतकको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको र नेपालबाट पठाउने म्यानपावर कम्पनीसँग शवलाई नेपाल ल्याउने बारेमा छलफल भइरहेको छिमेकी सन्तोष सुवेदीले जानकारी दिए ।। 

मृतक थापाको परिवारमा बुबा, आमा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।