सङ्खुवासभाः जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या घटनामा प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी गरिएको छ। कैदीको हत्या घटनामा मुछिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा प्रहरीले अदालतमा बुझाउने तयारी गरेको हो ।
कैदीको हत्या घटनामा प्रहरी र चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन् । कैदी हत्या घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तब्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।
कैदी हत्या घटनामा अनुसन्धान भइरहेका प्रहरी र चौकीदारसहित १२ जनाको मुद्दा अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डीएसपी वीरेन्द्र गोदारले बताए ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । घटनामा संम्लग्न देखिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा केही दिनभित्र अदालतमा बुझाउने तयारी भएको डीएसपी गोदारले बताए ।
कैदी हत्या घटनामा प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारवाही हुने प्रहरीले जनाएको छ ।घटना लगत्तै गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमल प्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली बनाएको थियो ।
गृहमन्त्रालयले छानविन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।कैदी हत्या प्रकरण प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ ।
कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० लक्ष्मी चौधरी माथि जिल्ला अदालत बाट भदौ १ गते दोस्रो पटक पुन ः म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
असई चौधरी सहित ११ जना विरुद्ध कर्तब्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले ०८० साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।
प्रहरीले घटना लगत्तै कारागार सुरक्षमा खटिएको १० प्रहरी र चौकीदार सहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो । कुटपिटबाट गत साउन २४ गते सङ्खुवासभा मादी नगरपालिका –५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
कारागार निमित्त प्रमुख घिमिरे निलम्बन
जिल्ला कारागार सङ्खुवासभाका निमित्त प्रमख राजेन्द्र घिमिरेलाई निलम्बन गरिएको छ । जिल्ला कारागार सङ्खुवासभाका निमित्त प्रमख घिमिरेलाई निलम्बन गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताए ।
प्रमुख घिमिरेलाई निमित्त पीडितले दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । घिमिरे विरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै निलम्बन हुने प्रजिअ कार्कीले बताए ।